00:00:00
स्थानिय

लुम्बिनीमा सभामुखका लागि तुलाराम घर्ती र उपसभामुखको लागि मेनुका खाँडको मनोनयन दर्ता

सोमबार माघ २, २०७९/ Monday 01-16-23

भालुवाङ २ माघ । 
   लुम्बिनि प्रदेशको सभामुख र उपसभामुखको सत्तारुढ दलबाट मनोनयन दर्ता गरिएको छ । राजधानी देउखुरीमा रहेको प्रदेश सभा सचिवको कार्यकक्षमा सभामुखको मनोनयन दर्ता भएको हो । सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाण केसीको मनोनयन दर्ता गरिएको हो ।

सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र राप्रपा संसदिय दलका नेता आशिष कुमार चौधरी समर्थक रहेका छन् । उपसभामुख प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन् ।

मनोनयन दर्ताको समय बेलुका ५ बजे सम्मलाई दिइएको छ । नेपाली कांग्रेसले भने सभामुख र उपसभामुखको लागि अझै मनोनयन दर्ता गरेको छैन ।

भोली सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
 

तपाईको प्रतिक्रिया