00:00:00
राष्ट्रिय

माघदेखि निक्षेपको ब्याजदर घट्ने

बिहीबार पौष २८, २०७९/ Thursday 01-12-23

पुष २८, काठमाडौं
माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । बैंकिङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैंकर पुगेका हुन् । 

एसोसिएसनका अनुसार राष्ट्र बैंकको निर्देशिकाअनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको हो । राष्ट्र बैंकको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । यही सीमामा रहेर माघदेखि ब्याजदर घटाउन लागेको एसोसिएसनले जनाएको छ । 

निक्षेपको ब्याज घटेसँगै बैंकहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने भएको छ ।
 

तपाईको प्रतिक्रिया