00:00:00
स्थानिय

लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली

रुपन्देहीलगायत तराईका जिल्लामा भने बाक्लो हुस्सु
बिहीबार पौष २८, २०७९/ Thursday 01-12-23

 पुष २८ , रुपन्देही
 आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको केही स्थानहरुम मौसम आंशिकदेखि सामान्य बदली भएको छ । यी प्रदेशमा मौसम बदली भइरहे पनि पानी भने पर्न सकेको छैन । लुम्विनी प्रदेशको रुपन्देही, कपिलवस्तु र नवलपरासीलगायत तराइका जिल्लाहरुमा भने बिहानैदेखी बाक्लो हुस्सु र कुहिरो लागेको छ । अहिले तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागे पनि दिउँसोको समयपछि हट्ने अनुमान गरिएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नहुँदा देशभर नै पानी पर्न सकेको छैन । आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान गरिएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया