पुष २७, रुपन्देही
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
गिरीले आजै ५८ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेस गर्नुभएको थियो। गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए बहुमत पुग्छ। सरकार गठनका लागि प्रदेश प्रमुख शेरचनले अपराह्न ४ बजेसम्मको समय दिनुभएको थियो ।
तपाईको प्रतिक्रिया