00:00:00
स्थानिय

बुटवल बेलबासमा कुटपिटबाट एकजनाको मृत्यु

शनिबार पौष २३, २०७९/ Saturday 01-07-23

तिलोत्तमा । 

 बुटवलको बेलबासमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ।

 स्थानीय ५५ वर्षिय यमप्रसाद नेपालको स्थानीय केहि युवाहरुको समुहको आक्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। 

 प्रहरीका अनुसार स्थानीय प्रदिप पाण्डेको नेतृत्वमा हिजो साँझ यमप्रसादको घरमा गएका ७ जनाको समुहले आक्रमण गरि गम्भिर घाईते भएका उहांकोको बेलबासस्थित एडमण्डसिटी अस्पतालमा मृत्यु भएको हो। उक्त समुहको आक्रमणबाट बेहोस बन्नुभएका यमप्रसादलाई तत्काल अस्पताल पुर्‍याएकोमा अस्पतालले मृत घोषणा गरेको थियो।

आक्रमणबाट उहांका दुई छोराहरु दिवस नेपाल र दिपेश नेपाल घाईते हुनुभएकोछ ।  केहि दिन यता उत्पन्न घरायसी विवादले उग्ररुप लिँदा आक्रमण हुन पुगेको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक दानबहादुर थापाले हिजो  छलफल गर्ने भन्दै घरमा पुगेको ५,७ जनाको समुह एक्कासी कुटपिटमा उत्रिएपछि घटना घटेको बताउनुभयो । 

प्रहरी नायब उपरिक्षक थापाले कुटपिटमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको र संलग्न अरुको खोजि भईरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया