00:00:00
स्थानिय

बुटवलमा लघुवित्त विरुद्ध प्रदर्शन, आत्महत्या गर्नसम्म बाध्य गराएको गुनासो

शुक्रबार पौष २२, २०७९/ Friday 01-06-23

बुटवल २०७९ पौष २२
 
        लघुवित्तको खोलमा ठगी बढेको गुनासो गर्दै विहिबार बुटवल बजारमा लगुवित्त विरुद्ध प्रदर्शन भएको छ । पीडितहरूको संगठन लघुवित्त विरुद्ध संघर्ष समितिले बिहीबार निकालेको विरोध र्‍यालीमा देशभरका लघुवित्त संस्थाहरूबाट  सहभागीहरू अधिकांश महिला थिए । पीडितहरूले सरकारी निकाय गैरजिम्मेवार नबन, लघुवित्त संस्थाहरूको खारेजी गर, सामूहिक ऋण मिनाहा गर लगायतका नारा लगाएका छन् ।

समितिका अध्यक्ष मनिराम ज्ञवालीले ‘नवसामन्ति’ को रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज हुनुपर्ने, सामूहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग रहेको बताउनुभयो ।

  बुटवलको चौराहाबाट सुरु भएको र्याली, मिलनचोक, हस्पिटल लाईन हुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । आर्थिक क्षेत्रमा पिछडीएका महिलाहरुको समुह बनाई लगानी गर्दै आएको लघुवित्तले आर्थिक ऋण सहयोगका नाममा झन पीडित गराउने गरेको र दुर्गममा महिलाहरुलाई ऋणको भारी थोपारेर लघुवित्तीय संस्थाले घरबाहर विहिन बनाएको उनिहरुले आरोप लगाए ।

 मासिक किस्ता असुली गर्दा सामजिक बदनाम तथा आत्महत्या गर्न प्रेरित गर्नुका साथै गाली बेईज्जत गर्दै लघुवित्तका कर्मचारीहरुले विभिन्न नाउमा धम्काउने गरेको उनिहरुले गुनाशो पोखे । ५ सय बढि पीडितहरुले बुटवलमा प्रर्दशन गरेका हुन । नवलपरासी, रुपन्देही, कपिलबस्तु र दाङबाट पीडितहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया