पुष २१, काठमाडौं
पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण देशभर चिसो बढेको छ भने पहाडी भू–भागमा आंशिक बदली देखिएको छ । त्यस्तै पश्चिमी तथा मध्य तराईमा कुहिरो लागेको छ ।
आज दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ को हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराई मधेसमा भने अझै केही दिन कुहिरोको प्रभाव रहने र शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया