00:00:00
राष्ट्रिय

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने

सोमबार पौष १८, २०७९/ Monday 01-02-23

पुस १८, काठमाडौं
 प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने हुनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज सोमवार सङ्घीय संसद्का महासचिवलाई पत्र लेखी २६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको हो ।

 विश्वासको मत पाएपछि मात्र उहाँँले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आउनुभएको छ । मिलेर बनेको सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधानअनुसार दाहालले विश्वासको मत लिन लाग्नुभएको हो । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले एक सय ३८ सांसदको समर्थन लिनुपर्छ ।

प्रतिनिधि सभाको पहिलो बैठक यही २५ गते बस्दै छ ।

तपाईको प्रतिक्रिया