00:00:00
राष्ट्रिय

आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन र नेपाली टोपी दिवस

आजै राष्ट्रिय पोल्ट्री दिवस पनि मनाइदै
आइतबार पौष १७, २०७९/ Sunday 01-01-23

काठमाण्डाै - २०७९ पौष १७

   नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

यसैगरी आज राष्ट्रिय पोल्ट्री दिवस पनि मनाइँदैछ । सरकारले २०७० सालमा हरेक वर्ष पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । तर
अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर पोल्ट्री व्यवसाय अहिले समस्यामा परेको व्यवसायीको गुनासो छ ।

नेपालमा पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्ब रुपैयाँभन्दा धेरै लगानी छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले कुखुराजन्य उत्पादन व्यवसायी नोक्सानमा रहेको बताउनुभयो । दैनिक घाटा बेहोरिरहेको, बैंकले थप लगानी नगरेको, जग्गा बिक्री नभएको र खोरमा राखिएका कुखुरा बचाउनसमेत मुस्किल परेको उहाँको गुनासो छ । तर समस्या सुन्ने र बुझ्ने कोही नभएको पनि उहाँको बताउनुहुन्छ ।

 तीन सय ८४ ह्याचरी उद्योगमध्ये अहिले दुई सयमात्रै सञ्चालनमा रहेका महासङ्घले जनाएको छ । एक हप्तामा ४५ लाख चल्ला उत्पादन हुँदै आएकामा अहिले घटेर २५ लाखमा झरेको

तपाईको प्रतिक्रिया