00:00:00
राष्ट्रिय

निर्वाचित सांसदहरूको शपथ पुष ७ गते हुने

सोमबार पौष ४, २०७९/ Monday 12-19-22


पुष ४, काठमाडौँ 
प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते १ बजे गर्ने तयारी संघीय संसद् सचिवालयले गरेको छ । मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५ सांसदको शपथको तयारी गरिरहेको संघीय संसद् सचिवालयले पुस ७ गते शपथ गर्ने तयारी गरिरहेको हो । 

नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताउनुभयो ।
उहाँकाअनुसार ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन् । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया