स्थानिय
ट्रकको ठक्करबाट स्कुटरमा सवार छोराको मृत्यु,बुवा घाइते
शुक्रबार मङ्सिर २३, २०७९/ Friday 12-09-22
बुटवल २०७९ मंसिर २३
कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ अर्घाखाँची चोकमा ट्रकको ठक्करबाट १ किशोरको मृत्यु भएको छ । अर्घाखाँची भुमिकास्थान नगरपालिका धनचौरका १४ वर्षीय सम्राट खनालको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
अर्घाखाँचीबाट देउली मनाएर रुपन्देहीतर्फ आउने क्रममा लु ५२ प ८७८४ नम्बरको स्कुटर लाई लु २ ख ६५०१ नम्बरको ट्रकले बिहीबार ठक्कर दिंदा सम्राटको मृत्यु भएको र उनका बुवा ५२ वर्षीय लक्ष्मण खनाल घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको इप्रका गोरुसिङ्गेका प्रहरी निरीक्षक शशीधर शर्माले बताउनुभयो ।
तपाईको प्रतिक्रिया