00:00:00
राष्ट्रिय

देशभर चिसो बढ्यो

लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने 
बिहीबार मङ्सिर २२, २०७९/ Thursday 12-08-22

मंसिर २२, काठमाडौं
केही हप्ता यता देशभर चिसो बढेको महशुस हुन थालेको छ । मौषम पूर्वानुमान महाशाखाका अनुसार दैनिक सरदर दुई डिग्री सेल्सियसका दरले घटिरहेको छ ।

देशभर चिसो बढेसँगै तराईका केही ठाउँमा हुस्सु लाग्न थालेको छ । हिमाली क्षेत्रमा भने बाक्लो हिमपात हुन थालेको छ । आज पनि देशका केही भुभागमा मौषम आंशिक बदली हुने संभावना छ ।

महाशाखाका अनुसार आज लुम्बिनी र दिउँसो प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, आज राति लुम्बिनी, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ ।
 

तपाईको प्रतिक्रिया