स्थानिय
भिमसेन नेवाः समाजको आयोजनामा तिलोत्तमा नेवारी खाजा महोत्सव
सोमबार मङ्सिर १९, २०७९/ Monday 12-05-22
बुटवल २०७९ मंसिर १९
मंसिर २१ र २२ गते भिमसेन नेवाः समाज तिलोत्तमाले नेवारी खाजा महोत्सव गर्ने भएको छ । ‘योमरी पुन्ही’ को अवसरमा समाजले मंसिर २१ र २२ गते तिलोत्तमा नगरपालिका–३ स्थित शान्ति चोकमा नेवारी खाजा महोत्सव–२०७९ आयोजना गर्ने भएको हो ।
नेवारी जातिय संस्कृति, परम्परागत खानपानहरुको संरक्षण गर्ने उद्देश्यका साथ नेवारी खाजा महोत्सव आयोजना गरिएको समाजका सचिव सितुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । नेवारी खाजाको आनन्द लिन सबै नेवारी खाजाका पारखीहरु समाजका सचिव श्रेष्ठले अनुरोध समेत गर्नुभएको छ ।
२ वर्ष अघि तिलोत्तमामा देशभरीबाट बसाँइसराई गरी आएका र विभिन्न पेशा व्यवसायमा यहाँ आवद्ध भएका नेवारीहरुको सक्रियतामा भिमसेन नेवाः समाजको स्थापना भएको थियो ।
तपाईको प्रतिक्रिया