मंसिर ७, काठमाडौँ
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याई विजयी हुनुभएको हो।
उहाँले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतान्तरले पराजित गर्नुभएको हो। सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ।
देउवा २०४८ को संसदीय निर्वाचन, मध्यावधिनिर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा डडेलधुराबाट निर्वाचित भएका थिए । संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा पनि डडेल्धुराबाट नै निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि डडेलधुराबाट उनी भारी मतका साथ निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया