00:00:00
स्थानिय

गुल्मीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते

बुधबार मङ्सिर ७, २०७९/ Wednesday 11-23-22

मंसिर ७, गुल्मी 
गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । सत्यवती गाउँपालिका– ३, ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप बुधबार बिहान दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।


बुधबार बिहान २ बजे भएको दुर्घटनामा परी मृत्यु हुनेहरुमा सत्यवती– ३ का जिप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापति, २५ वर्षका मिलन तरामोको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताउनुभयो।

सत्यवती– ३ का ३३ वर्षका कार्बोलिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिञ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै घाइते भएका छन् ।

घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो। ।

दुर्घटनाको सूचना प्राप्त हुनसाथ उद्धारको लागि एम्बुलेन्स सहितको प्रहरीको टोली घटनास्थलतर्फ लागेको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया