मंसिर ५, तिलोत्तमा
रुपन्देही क्षेत्र नम्बर ५ को मतगणनाको विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु हुनेछ ।
सबै मतपेटिका गैडहवा गाउँपालिकाको प्रशासनिक भवनमा ल्याई रुजु गर्ने काम सम्पन्न भएको कार्यालयका अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ २० जनाको उम्मेदवारी परेको रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट बासुदेव घिमिरे, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका भरतकुमार शाह, नेपाल मजदुर किसान पार्टीबाट हिमलाल पाण्डे, जनमत पार्टीबाट चन्द्रशेखर सोनार, हाम्रो नेपाली पार्टीबाट भिष्मकुमार रानालगायत प्रतिस्पर्धामा छन् ।
तपाईको प्रतिक्रिया