00:00:00
स्थानिय

लुम्बिनी प्रादेशिक अस्पतालमा आइसियूसहितको ए ग्रेड एम्बुलेन्स सञ्चालन

बिहीबार मङ्सिर १, २०७९/ Thursday 11-17-22

बुटवल २०७९ मंसिर १

        लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । १ करोड लगानीमा सञ्चालनमा ल्याएको एम्बुलेन्सको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले बुधबार एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।

 एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि लौजानका लागि मात्र नभई सो अवधिमा समेत स्वास्थ्य सुविधा प्राप्त हुने डा. देवकोटाले बताउनुभयो । एम्बुलेन्समा एक जना मेडिकल अधिकृत र एकजना स्वास्थ्यकर्मीको रोहबरमा स्वास्थ्य सेवा उपलब्ध गराइने देवकोटाले बताउनुभयो ।

  अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. इन्द्र ढकालले कोभिडको समयमा विरामीलाई काठमाण्डौं लैजानका लागि एम्बुलेन्सको अभावको महसुस भएपछि ए ग्रेड एम्बुलेन्स सञ्चालनमा ल्याउने योजना बनेको र एम्बुलेन्स सञ्चालनसँगै अस्पतालको सेवा बिस्तरा भएको उल्लेख गर्नुभयो । टोकन सिस्टममा एम्बुलेन्स सञ्चालन गरिने समेत बताउनुभयो । अन्य एम्बुलेन्सको तुलनामा सुबिधा सम्पन्न हुनुका साथै सञ्चालन खर्च पनि बढी आउने भएकाले शुल्क केही बढी हुने ढकालको भनाइ थियो ।

संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीका सचिव अर्जुन लामिछानेले प्रादेशिक अस्पतालबाट सञ्चालित एम्बुलेन्सलाई आफ्नो संघबाट आवश्यक पहलकदमीका लागि सधै तत्पर रहेको भन्नुभएको छ । बिनियोजित १ करोडबाट एम्बुलेन्स गरिदका लागि टेण्डर आह्वान गर्दा लागत घटेर ९२ लाखमा खरिद गरिएका शाखा अधिकृत सुरेन्द्र भण्डारीले बताउनुभयो । एम्बुलेन्सलाई सरकारले भन्सार छुट दिएको छ ।

तपाईको प्रतिक्रिया