00:00:00
स्थानिय

भैरहवा भन्सार कार्यालयद्वारा २ करोड मूल्य बराबरको अवैध सामान बरामद

बुधबार कार्तिक २३, २०७९/ Wednesday 11-09-22

कार्तिक २३, भैरहवा
भैरहवा भन्सार कार्यालयले २ करोड मूल्य बराबरको अवैध पैठारी गरि नेपाल भित्राएको सामान सहित एक जनालाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा कपिलबस्तु पुगेको भन्सारको गस्ती टोलीले मायादेवी गाउँपालिका स्थित बरकुलमा भण्डारण गरि राखेको सामान बरामद गरेको हो ।

गोदामबाट उच्च मूल्य र भन्सार महशूल बढी रहेका सूर्ती, लत्ता कपडा, जुत्ता चप्पल, लगायत फैन्सीजन्य सामाग्री फेला परेको छ । तस्करीको सामान आउँदै गरेको सुराकीका आधारमा भन्सारका कर्मचारीले मंगलबार बिहान एक पिकअप भ्यान पक्राउ गरेका थिए ।

थप अनुसन्दान गर्ने क्रममा पिक अप भ्यान सहित एक जना चालक र गोदाम घर पत्ता लागेको भन्सार कार्यालयले जनाएको छ । तस्करी गरि भण्डारण गरेको गोदाम घर सशस्त्र प्रहरीको बिओपीदेखि २०० मिटरको दुरीमा छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार गत वर्षको तुलनामा फैन्सीजन्य सामाग्रीको आयातमा ६२ प्रतिशतले कमी आएको छ । गएको मंसिरदेखि एलसी अनिवार्य भएकाले त्यस्ता सामाग्री अवैध पैठारी गरि भित्रिरहेको भन्सारका अधिकारीहरुको दाबी छ ।
 

तपाईको प्रतिक्रिया