दैनिकी व्यस्त हुनेहरुका लागि बुटवलमा मेडिटेशन कार्याशाला
बुटवल - २०७९ कार्तिक १७
दैनिकी व्यस्त हुनेहरुका लागि बुटवलमा मेडिटेशन कार्याशाला हुने भएको छ । ओशो बुटवलको आयोजनामा १९ गते शनिबार बुटवलमा मेडिटेशन कार्याशाला हुने भएको हो ।
व्यस्त दैनिकीका कारण हुने व्यक्तिको तनावलाई व्यवस्थापन गर्ने उद्देश्यले मेडिटेशन कार्यशालाको आयोजना गरिएको ओशो बुटवलका बलराम पोखरेलले बताउनुभयो । शनिबार हुने उक्त कार्यशालामा स्वामी आनन्दले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षण कार्याशालामा १ हजार जना सहभागिता हुने बताइएको छ भने सहभागिता लागि ३ सय शुल्क लाग्ने आयोगकको भनाई छ ।
कार्यशालामा बैंकिङ क्षेत्रका व्यक्तिहरु, संघसंस्थाहरुका प्रतिनिधी, व्यस्त दैनिकी हुनेहरुको सहभागिता हुनेछ । तनाव व्यवस्थापन गर्न नसक्दा पछिल्लो समय धेरैजना डिप्रेशनको सिकार समेत बनिरहेको भन्दै तनाव व्यवस्थापन र शरिरलाई फुर्ति राख्न पनि ओशो मेडिटेशन आवश्यक रहेको पोखरेलले बताउनुभयो । हाल नेपालमा करिव डेढ लाख ओशो सन्यासी रहेका छन् । बिगत ६ महिना देखी बुटवलमा स्थापना भएको ओशो संस्थाले प्रत्येक दिन विहान ओशो मेडिटेशन गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया