विस्फाेटक वस्तु पड्किँदा एक बालिकाकाे ज्यान गयाे, चार जना बालबालिका घाइते
काठमाण्डौ २०७९ कार्तिक १२
कालीकाेटमा विस्फाेट वस्तु पड्किँदा एक बालिकाकाे ज्यान गएकाे छ । चार जना बालबालिका घाइते भएका छन् । कालीकाेटकाे तिलागुफा नगरपालिका-१० रानाबाडामा विस्फाेट वस्तु पड्किँदा चार वर्षीया झरना थापाकाे ज्यान गएकाे हाे ।
यस्तै, तीन वर्षीया दर्शना राना, चार वर्षीया सरस्वती राना, पाँच वर्षीया मुस्कान राना र सात वर्षीय कमल थापा घाइते भएका हुन्। उनीहरु घर नजिकैकाे काेदाेबारीमा खेलिरहेकाे अवस्थामा विस्फाेटक वस्तु पड्किएकाे प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले बताउनुभयाे।
घाइतेहरु बालबालिकाहरुलाई जिल्लामा उपचार हुन नसक्ने भएपछि गृहमन्त्री बालकृष्ण खाणले घाइते भएकाहरू बच्चाबच्चीको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।
गृहमन्त्री खाणको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर अवतरण गरिसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसका कुनै कसुर बाकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई भन्नुभएको छ ।
तपाईको प्रतिक्रिया