रुपन्देही- तिलोत्तमा
२०७९ कार्तिक ६
दसैं सकिएसंगै तिहारको चहलपहल बढदै छ गाउघर तिर बेलाबेलामा तर्सिने गरी पटका पड्काउछन केटाकेटिहरु अर्कै खालको रहर हुँदो रहेछ बालापनमा आफ्नै बाल्यकाल सम्झिदै गए म, कस्ले कस्तो पटका पड्कायो, कती जोड्ले पड्कियो अनी कहाँ पाईन्छ होला जोड्ले पड्किने पटका यस्तै धेरै कुरा हुन्थे । कहिलेकाही पटका किन्न पैसा नभएर झगडा गर्ने र रुने गर्थे मुवासंग अहिले सम्झिदा हासो पनि लाग्छ ।
मामा घर र हाम्रो घर दुई घरको सात जना दाजुभाइको एक्ली बहिनी थिए म एक्लो भएर पनि होला सबैले धेरै माया गर्ने तिहारमा मैले भन्दा धेरै काम दाजुभाइले गर्ने म अली चन्चल, मन परेको चिजहरु रोएर मुवालाई फकाएर अथवा साथीहरुको छ मेरो छैन भन्दै पनि प्राप्त गर्थे । गाउको क्लबमा ठुला दाई दिदिहरुसंग भैलो खेल्न हिंड्ने कहिलेकाही त बिहान ८,९ बजे सम्म पनि खेल्थेउ त्यो समयमा मुवालाई सहयोग गर्नु पर्छ भन्ने नै लाग्दैन थियो बिचरा मेरी मुवा एक्लै आधा रातसम्म रोटी पकाउने, बत्ती तयार गर्ने, सबैको लागि माला तयार गर्ने भनौन घरका सबै काम एक्लै त्यही माथि छोरिको चिन्ता भैलो खेल्न गएको कती बेला आउने हो कहाँ पुग्यो होला ।
अरु दिन भन्दा पनि तिहार टिकाको दिन मलाई निकै खास लाग्थ्यो दादा भाई अनी मामा जम्मा हुने दिन भएर हो कि आफुले पैसा पाउने दिन भएर हो थाहा भएन तर निकै रमाइलो लाग्थ्यो बिहानैदेखी ओखर फोड्ने ढोकामा रेखी लगाउने, कलशहरुमा फुल राख्ने, टिका लगाउने ठाउँमा जग्गे तयार गर्ने भनौ सबै काम खुशी हुँदै गर्थे त्यही दिन बल्ल थाहा हुन्थ्यो मलाई घरमा कुन कुन रोटी पाकेको छ भनेर मामा घरबाट मामा र दादाहरु कती बेला आउने होला भन्दै घरि घरि बाटोतिर आँखा दौडिरहन्थे आहा सबै जना घरमा आउँदा कस्तो रमाइलो हुने ।
म भन्दा सानो भाई छ सानोमा मुवाले मामालाई टिका लगाइ दिएको देखेर उलाई पनि मुवाले टिका लगाइ दिनु पर्छ भन्दै रुने गर्थ्यो हामी सबै जना हास्थेउ मामाले हुँदैन भन्दै सम्झाउने तर उ मान्दै मान्दैन थियो मैले लगाइ दिएको टिका पुछी हाल्ने फेरी मुवाले लगाइदिनु पर्ने तर उ आजभोलि त धेरै कुरा बुझ्ने भएको छ म भन्दा पनि धेरै, शायद ठुलो भएर पनि होला मलाई सम्झाउने मेरो हरेक कुरा सुन्ने, मेरो आशु पुछ्ने भन्दा अझै राम्रो होला दुस्ख र सुख, बाधा अड्चन त जीवनको हरेक मोड्मा भेटिन्छ कोही नजिकै भएर पनि मनले टाढा गए कोही मन नजिकै भए पनि ज्यानले अनी कोही मन देखी कहिले टाढा नहुने गरी सधैंका लागि छाडेर पनि गए तर हरेक मोड्मा साथ दिदै जिउन सिकाउछ भाईले र पनि अझै कहिलेकाही हामी बिच मजाले झगडा पनि हुन्छ बोल्दैनौ फेरी अर्को दिन गफ गर्न थाल्छौ ।
हरेक बर्ष चाडपर्ब आउँदा सबै कुरा याद आउछ नरमाइलो लाग्छ अब त नयाँ लुगा किनिदिने,पटाका किनिदिने,गल्ती गर्दा गाली गर्ने मुवाको याद मात्र बाँकी रहेको छ । दिनहरु बिस्तारै बित्दै गइरहेका छन यो बिचमा धेरै सुखका अनी दुस्खका दिनहरु भोगियो र पनि आमाको याद कहिले कम हुँदैन रहेछ आज पनि साथैमा भए जस्तो आभष भैरहन्छ सबै कुरा भएर पनि कही कतै केही अभाव महशुस गर्छ यो मन ।
लेखक, शारदा शाही ठकुरी
तिलोत्तमा -९
तपाईको प्रतिक्रिया