00:00:00
स्थानिय

संविधानको रक्षा गर्न जुनसुकै परिस्थितिको पनि सामना गर्ने

शनिबार कार्तिक ५, २०७९/ Saturday 10-22-22

देबदह, २०७९ कार्तिक ५

        त्रिभुज चिन्ह लिएर रुपन्देही जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्नो उम्मेदवारी संविधानको पक्षमा लड्नका लागि रहेको बताए। दिपावली तथा छठ पर्वको अवसरमा नेपाली कांग्रेस रोहिणी गाउँपालिकाद्वारा आयोजना गरिएको शुभकामना आदन-प्रदान कार्यक्रममा  बोल्दै उनले आफुले संविधानको रक्षा गर्नका लागि जुनसुकै परिस्थितिको पनि सामना गर्ने बताउनुभयो ।

मधेस क्षेत्रमा आवश्यक रहेको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आफुले पहिलो प्राथमिकता दिएर काम गर्ने बताउँदै उनले समानुपातिक विकासको लागि गठबन्धनले उठाएका उम्मेदवारलाई मत दिन अनुरोध गर्नुभयो ।

क्षेत्र नं. १ को अधुरो र जिर्ण भौतिक पुर्वाधारहरुको निर्माण गरि पुर्वाधारको विकास नभएका क्षेत्रमा आवश्यकता अनुसार पुर्वाधार निर्माण कुरामा जोड दिंदै उनले राज्यको स्रोत र शक्ति रुपन्देही क्षेत्र नं. मा खिचेर यहाँको विकास गरिने दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया