00:00:00
राष्ट्रिय

संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा

मंगलबार कार्तिक १, २०७९/ Tuesday 10-18-22

 कात्तिक १, काठमाण्डौ 
संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा सरकारले आज शोक बिदा दिएको छ । गृह मन्त्रालयले हिजो विज्ञप्ति निकालेर आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

जोशीको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले उल्लेख गर्नुभयो। शताब्दी पुरुष जोशीको १ सय ३ वर्षको उमेरमा आइतवार निधन भएको थियो । सरकारले उहाँलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गरेको थियो ।

जोशीको शव अध्ययनका लागि किस्ट मेडिकल कलेज ललितपुरमा राखिएको छ । शव अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई उपलब्ध गराएर जोशीका आफन्तले जोशीको चिनाको दाहसंस्कार गरेका छन् ।  

तपाईको प्रतिक्रिया