00:00:00
राष्ट्रिय

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

बुधबार असोज २६, २०७९/ Wednesday 10-12-22

असोज २६, काठमाडौं

हाल नेपालमा  हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा  भइरहेको छ। 

महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशमा आज राती पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। महाशाखाले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन  सक्ने र कृषि, पर्यटन, पर्वतारोहण लगायत  दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

तपाईको प्रतिक्रिया