00:00:00
स्थानिय

रुपन्देही ५ मा बासुदेव घिमिरेलाई एमालेको टिकट

आइतबार असोज २३, २०७९/ Sunday 10-09-22

असोज २३, रुपन्देही
नेकपा एमालेले रूपन्देही क्षेत्र नं ५ बाट नेता बासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ । घिमिरे केन्द्रीय स्थानीय विभाग सदस्य, पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख  हुनुनुन्छ । 


यसअघि रूपन्देही क्षेत्र नं ३ बाट सिफारिस हुनुभएको थियो । क्षेत्र नं ५ मा यसअघि राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईको नाम एकल सिफारिस भएपनि उहाँको कार्यकाल बाँकी रहेकाले पार्टीले उहाँलाई रोकेको हो ।
 

तपाईको प्रतिक्रिया