00:00:00
राष्ट्रिय

उम्मेदवारी दर्ता सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मात्रै हुने

आइतबार असोज २३, २०७९/ Sunday 10-09-22

असोज २३, काठमाण्डौ 
निर्वाचन आयोगले उम्मेदवारी दर्ता सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मात्रै हुने स्पष्ट पारेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ र प्रादेशिक कार्यालयहरुबाट मनोनयन दर्तामा आवश्यक सहजीकरण मात्रै हुने स्पष्ट पार्नुभएको हो ।

केही दिनयता अविरल वर्षा, बाढीपहिरो लगायत विपद्का कारण कतिपय ठाउँमा आवतजावतमा कठिनाइ हुने भएकाले दलहरुलाई मनोनयन दर्तामा आयोगले सहजीकरण गर्न लागेको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाकाअनुसार मनोनयन दर्ताको लागि चाहिने औपचारिक पत्र लगायतका अत्यावश्यक कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय पठाइदिने काम मात्रै गर्न सक्ने बताउनुभयो।

आज बिहान १० बजेभित्र आयोगको कार्यालय कान्तिपथ अथवा प्रादेशिक कार्यालयमा कागजात प्राप्त भएमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाएर सहजीकरण गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया