असोज २१, पाल्पा
पहिरोका कारण अवरुद्ध पाल्पा बुटवल सडकखण्ड खुलाउने प्रयास भैरहेको छ । सडक खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदे खोला, सिद्धबाबा, भालेबास लगायतका क्षेत्रमा गएराति पहिरो गएपछि बाटो बन्द भएको हो । बन्द बाटो खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
पाल्पा–वालिङ्ग सडकखण्ड र पाल्पा रिडी सडकमा पनि विभिन्न ठाउँमा पहिरो झरेपछि साना गाडीलाई समस्या भएको छ तर अवरोध भने छैन।
यस्तै दाङको घोराही–रोल्पाको होलेरी सडक खुलेको छ । घोराही उपमहानगरपालिका–१९ थमबाँसमा हिजो खसेको पहिरो हटाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तपाईको प्रतिक्रिया