असोज १२, काडमाडौं
सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनको लागि सिट बाँडफाँट गर्न गठबन्धनको बैठक लगातार बसेपनि सिटबारे पनि टुङ्गो लाग्न सकेको छैन ।
आज पनि बिहानै बैठक बस्ने दलहरूको तयारी छ । आजको बैठकले सिट बाँडफाँट टुङ्गो लगाउने कार्यदलले दाबी गरेको छ । यसअघि हिजो बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँडको मापदण्ड बनाएको थियो ।
प्रदेशसभातर्फको ३३० सिट बाँडफाँडको प्रस्ताव तयार गरिएको नेताहरूले बताएका छन् । उनीहरूका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।
तपाईको प्रतिक्रिया