असोज १२, सल्यान
सल्यानको कपुरकोट गाउँपालिका ३ मूलपानीमा भएको जीप दुर्घटनामा मृत्यु भएका आठैजनाको पहिचान खुलेको छ।
दुर्घटनामा परी जीप चालक कपुरकोट गाउँपालिका ६ जलवाङ का २१ वर्षीय जितबहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो।
दुर्घटनामा कपुरकोट गाउँपालिका ६ जलवाङकै ३५ वर्षीय तिलक ओली घाइते भएको र वहाँको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिहेको भोजमा सहभागी भएर बाँके कोहलपुरबाट कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप बुधबार बिहान ३: ३० बजेतिर दुर्घटना भएको थियो। जिप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया