खाद्य कम्पनीद्वारा खाने तेलको मूल्यमा थप १० रुपैयाँ घट्यो
असोज ५, काठमाण्डौ
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटाएको छ । सुपथ मूल्य पसलमा बजारको भाउ भन्दा महँगो भएको भन्दै गुनासो आएपछि कम्पनीले लिटरमा थप १० रुपैयाँले घटाएको हो ।
कम्पनीका अनुसार नयाँ मूल्य हिजोदेखि नै लागू भइसकेको छ । अब सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५ रुपैयाँ, तोरीको तेल २ सय ७५ रुपैयाँ र भटमासको तेल २ सय ४० रुपैयाँमा पाइने उहाँले बताउनुभयो । बजारमा अहिले सनफ्लावर तेल प्रतिलिटर २ सय ९० रुपियाँ पर्छ ।
पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ । सहुलियत पसल सञ्चालन गर्नुअघि खाद्यले सनफ्लावर प्रतिलिटर ३ सय २ रुपैयाँ, तोरी २ सय ८७ रुपैयाँ र भटमासको तेल २ सय ५२ रुपैयाँमा बिक्री गरेको थियो । असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा आएलगत्तै प्रतिलिटर ७ रुपैयाँ घटाएर नयाँ मूल्य निर्धारण गरेको थियो ।
तपाईको प्रतिक्रिया