00:00:00
राष्ट्रिय

आज लुम्बिनी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

मंगलबार असोज ४, २०७९/ Tuesday 09-20-22

असोज ४
आज लुम्बिनीसहित सुदूरपश्चिम र गण्डकी प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । उहाँका अनुसार राति यी दुई प्रदेशसहित गण्डकीका एकरदुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ । अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

अहिले लुम्विनी प्रदेशसहित देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ भने केही ठाउँको मौसम सामान्य बदली भएको छ । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले त्यहाँ बाढी पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया