झरना रनिङ्ग शिल्ड :
आज सम्झना परिवार क्लब मङ्गलापुर र फुलबारी गाइज बुटवल भिड्दै
असोज ३, तिलोत्तमा
पवित्रा चौधरी
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ कुञ्जलापुरमा जारी ३५ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगितामा आज सम्झना परिवार क्लब मङ्गलापुर र फुलबारी गाइज बुटवल खेल्दैछन् ।
झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार आयोजक झरना क्लब वजयी भएको छ । प्रतिद्वन्द्वी सिम्रिक युथ क्लब कालिकानगरलाई १ का विरुद्व ५गोलले हराउँदै आयोजक झरना क्लब विजयी भएको हो । झरना क्लबका लागि राज भुसालले दुई गोल गर्नुभयो भने क्याप्टेन निसान सुनार, सजिन थापा र सेथ परियारले १÷ १ गोल गर्नुभएको थियो ।
सिम्रिकका लागि भने राजेस परियारले १ गोल गर्नुभयो । आइतबारको खेलमा झरनाका राज भुसाल म्यान अफ द म्याच घोषित हुनुभएको क्लबका सचिव सिजन थापाले जानकारी दिनुभयो ।
उमा आधारभूत विद्यालयको मैदानमा अपरान्ह ३ बजेबाट सुरु हुने खेल हेर्न महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका र अशक्तलाई निःशुल्क प्रवेश दिइएको क्लबले जनाएको छ ।
तपाईको प्रतिक्रिया