00:00:00
राष्ट्रिय

आज संविधान दिवस मनाइदै, बुटवल मण्डप सभाहलमा मूल समारोह हुँदै

सोमबार असोज ३, २०७९/ Monday 09-19-22

असोज ३, काठमाडौं
आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर  देशभर संविधान दिवस मनाइँदैछ। सरकारले आज सार्वजनिक विदा दिएको छ ।

संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ। दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्ती शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ। 

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने छ। 


यस्तै लुम्बिनी प्रदेश सरकारले पनि तीन दिवशीय विशेष कार्यक्रम गर्दै संविधान दिवस मनाइरहेको छ । प्रदेश सरकारले हिजो सरसफाई कार्यक्रम गरी सरकारी कार्यालयहरुमा झण्डा फहराएएको छ भने आज बुटवलको राजमार्ग चौराहाबाट प्रभातफेरी गर्दै बुटवल मण्डपमा बनेको सभाहलमा मूल समारोहको आयोजना गर्दैछ ।

त्यस्तै ४ गते भोली लुम्बिनी प्रादेशीक अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिने कार्यक्रम रहेको आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले बताउनुभयो । उहाँका अनुसार संविधान दिवस मनाउन मुख्यमन्त्रीको संयोजकत्वमा २ सय १ सदस्य रहेको मुल समारोह समिति गठन गरिएका छ  ।  

तपाईको प्रतिक्रिया