00:00:00
राष्ट्रिय

समानुपातिकको बन्दसूची पेस गर्ने कार्यतालिका सार्वजनिक

सोमबार भदौ २७, २०७९/ Monday 09-12-22

भदौ २७, काठमाण्डौ 
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकको बन्दसूची पेस गर्ने कार्यतालिकाबारे स्पष्ट पारेको छ ।

असोज २ र ३ गते बन्दसूची पेस गर्ने गरी तालिका सार्वजनिक गरिसकेको आयोगले सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्त र कानुन बमोजिम आवश्यक कागजात अनिवार्य रुपमा पेस गर्न दलहरुलाई आग्रह गरेको छ ।

कागजात अपुग भएका सूची दर्ता नहुने स्पष्ट पार्दै आयोगले आवश्यक प्रक्रिया र कागजातको चेकलिष्ट आयोगको वेबसाइटमा समावेश गरिएको जनाएको छ । बन्दसूचीमाथि आयोगले जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म दलहरुलाई आग्रह गर्नेछ ।

आयोगको सुझावबमोजिम दलहरुले असोज १० गते देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्ने हुन्छ । 

तपाईको प्रतिक्रिया