00:00:00
राष्ट्रिय

लुम्बिनीसहित आज वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षा हुने अनुमान

सोमबार भदौ २७, २०७९/ Monday 09-12-22

भदौ २७, काठमाण्डौ 
आज लुम्बिनीसहित वाग्मती,गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार भोलि भने लगातारजसो पानी पर्ने सम्भावना छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सर्ने सम्भावना रहेकाले भोलि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।

केही दिन मनसुन सक्रिय रहने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै महाशाखाले सचेत रहन आग्रह पनि गरेको छ। 

तपाईको प्रतिक्रिया