00:00:00
खेलकुद

एन्फालाई ७ हजार डलर जरिबाना

मंगलबार भदौ १४, २०७९/ Tuesday 08-30-22

भदौ १४, काठमाण्डौ 
कुवेतमा एसियन कप–२०२३ छनोट (तेस्रो चरण) मा भएको घटनालाई लिएर एसियाली फुटबल महासङ्घ (एएफसी) ले नेपाललाई ७ हजार डलर जरिबाना गरेको छ ।


गएको जेठ महिनामा भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली सम्हालेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सुरुका दुई खेलमा पहेँलो कार्ड पाएका कारण इन्डोनेसियाविरुद्धको अन्तिम खेलमा निलम्बनमा पर्नुभएको थियो । तर, उहाँ निलम्बित भएको खेलमा ‘ड्रेसिङ रुम’ र मैदानमै पुग्नुभएको थियो । त्यसबापत अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ६ हजार अमेरिकी डलर जरिबाना तिनुपर्ने भएको हो । 


इन्डोनेसियासँगको खेलमा पहिलो हाफ ढिला सुरु गराएको भन्दै एन्फालाई थप १ हजार डलर जरिबाना गराउने निर्णय पनि भएको छ । एएफसीले जरिबानाको २५ प्रतिशत ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्न सकिने जनाएको छ ।
 

तपाईको प्रतिक्रिया