भाद्र १२, तिलोत्तमा
बुटवलमा सतगढी खोलाको बाढीले बगाउँदा एक वृद्धा बेपत्ता हुनुभएको छ ।
बुटवल उपमहानगरपालिका–११ मझुवाका ७० वर्षीया रुद्र पंगेनी क्षेत्री बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उहाँलाई शनिबार साँझ भैंसी चराएर फर्कने क्रममा बुटवल–१२ स्थित सतगढी खोलाले बगाएको थियो । बेपत्ता क्षेत्रीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया