भदौ ९, तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अटिज्म विद्यालय संचालनमा आएकोे छ । अटिज्म भएका बालबालिकालाई विशेष प्रकारको शिक्षा दिइ समाजमा समायोजन तथा सामाजिकीकरण तालिम चलाएर पुनर्स्थापित गर्न शान्ति नमुना माविमा विद्यालय संचालन गरिएको छ ।
शान्ति नमुना माविकै व्यवस्थापनमा सोही विद्यालयको हाताभित्र अटिजम भएका बालबालिकाको पठनपाठन गरिने भएको हो ।बुधबार लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले अटिज्म भवनको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खाँले अटिज्म भएका बालबालिकाहरुलाई उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचारको आवश्यक व्यवस्था मिलाउन विद्यालय संचालन गरिएको बताउदै बालबालिकाको जीवन सहज बनाउनका लागि चाहिने स्रोत साधनका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।
शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले दृष्टिवीहीन बालबालिकासमेत रहेको विद्यालयले नेपालमै पहिलो अटिज्म विद्यालय संचालन गर्न लागेको बताउनुभयो ।
अटिज्म केयर सोसाइटी लुम्बिनीका अध्यक्ष सतिस रुपाखेतीले हेर्दा सामान्ने देखिने बालबालिकाहरूमा समेत अटिज्मको समस्या हुनसक्ने भन्दै लामो समयको घुलमिलपछि मात्र समस्या थाहा पाउन सकिने भएकाले विद्यालय नै खोल्नुपरेको बताउनुभयो।
तपाईको प्रतिक्रिया