00:00:00
खेलकुद

नेपाल र केन्याबीचको पहिलो टि–२० सिरिज आज हुँदै

बिहीबार भदौ ९, २०७९/ Thursday 08-25-22

भदौ ९, काठमाडौं
केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी–ट्वेन्टी अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र केन्याबीचको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । नेपाल पाँच खेलको टी–ट्वान्टी सिरिजका सोमबार केन्या प्रस्थान गरेको थियो ।

 
यस अघि भएको दुई खेलमा नेपालले केन्यालाई पराजित गरेको छ । यो प्रतियोगिता नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल हो । पाँच खेलको सिरिज भदौ १४ गतेसम्म चल्ने छ । टी–ट्वान्टी सिरिजपछि नेपालले भदौ १७ गतेदेखि २० गतेसम्म एकदिवसीय सिरिज खेल्नेछ ।
 

तपाईको प्रतिक्रिया