भदौ ८
विश्व फुटबल महासंघ (फिफा) लाई प्रतिबन्ध हटाउन अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले अनुरोध गरेको छ ।
सर्वोच्च अदालतद्वारा प्रशासनिक समिति भंग गरेपछि एआईएफएफले पत्र लेख्दै निर्णयमाथि पुनर्विचार गर्न अनुरोध गरेको हो । अल इन्डिया फुटबल फेडेरेसनमा बाहिरी शक्ति हावी भएपछि फिफाले प्रतिबन्ध लगाएको हो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेको थियो । तर फिफाले यस्तो नगर्न चेतावनी दिँदै आएको थियो ।
एआईएफएफको चुनाव फिफा परिषद्का सदस्य प्रफुल्ल पटेलको नेतृत्वमा सन् २०२० डिसेम्बरसम्म हुनुपर्नेमा ढिलाई भएको थियो । ८५ वर्षे फुटबल इतिहासमा भारतले पहिलो पटक फिफाको निलम्बन बेहोर्नुपरेको हो ।
तपाईको प्रतिक्रिया