00:00:00
अन्तराष्ट्रिय

प्रतिबन्ध हटाउन फिफासँग भारतको अनुरोध

बुधबार भदौ ८, २०७९/ Wednesday 08-24-22

भदौ ८
विश्व फुटबल महासंघ (फिफा) लाई प्रतिबन्ध हटाउन अल इन्डिया फुटबल फेडेरेसन  (एआईएफएफ) ले अनुरोध गरेको छ ।

सर्वोच्च अदालतद्वारा प्रशासनिक समिति भंग गरेपछि एआईएफएफले पत्र लेख्दै निर्णयमाथि पुनर्विचार गर्न अनुरोध गरेको हो । अल इन्डिया फुटबल फेडेरेसनमा बाहिरी शक्ति हावी भएपछि फिफाले प्रतिबन्ध लगाएको हो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेको थियो । तर फिफाले यस्तो नगर्न चेतावनी दिँदै आएको थियो ।

एआईएफएफको चुनाव फिफा परिषद्का सदस्य प्रफुल्ल पटेलको नेतृत्वमा सन् २०२० डिसेम्बरसम्म हुनुपर्नेमा ढिलाई भएको थियो । ८५ वर्षे फुटबल इतिहासमा भारतले पहिलो पटक फिफाको निलम्बन बेहोर्नुपरेको हो ।

तपाईको प्रतिक्रिया