00:00:00
राष्ट्रिय

पोहोरको तुलनामा यस वर्ष धान रोपाई ३ प्रतिशतले कम 

बुधबार भदौ १, २०७९/ Wednesday 08-17-22

भाद्र १, काठमाडौं
पोहोरको तुलनामा यस वर्ष धान रोपाई ३ प्रतिशतले कम भएको छ । अस्तिसम्ममा देशभर औषतमा ९५ प्रतिशत रोपाई भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गत वर्ष यही समयमा ९८ प्रतिशतको हाराहारीमा रोपाई भएको थियो ।

यसपाली समयमा वर्षा हुन नसक्दा र मल अभाव हुँदा प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा कम रोपाई भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । तर अझै पनि रोपाई हुने भएकाले उत्पादनमा कस्तो प्रभाव पर्ला भनेर हेर्न बाँकी रहेको प्रवक्ता प्रकाश कुमार सन्जेलले बताउनुभयो । तर समयमा रोपिएको धान भने गोडमेल गर्ने बेला भएको छ ।

यो बेलामा धानबालीमा शत्रु किरा र मित्र किरा लाग्ने भएकाले खेतको अनुगमन गर्न विज्ञले सुझाव दिएका छन् । राष्ट्रिय किट अनुसन्धान केन्द्रको वैज्ञानिक सुदिपकुमार उपाध्यायले विशेषगरी बीउ रोप्ने बेलैमा ध्यान दिनुपर्ने भए पनि अहिले तत्काल किरा लागे नलागेको ख्याल गर्न किसानहरूलाई सुझाव दिनुभयो ।

उहाँले किरा लागेको भए कृषि प्राविधिकको सल्लाहमा विषादी तत्काल प्रयोग गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया