स्थानिय
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै, आज सार्वजनिक बिदा
बुधबार भदौ १, २०७९/ Wednesday 08-17-22
भाद्र १, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । यो पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ ।
ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग, फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा छ । विपद्बाट जोगिएको खुशियालीमा मनाइने ओल्के पर्वमा मान्यजनलाई अन्न, दूध, दही, घ्यू, पनि दिने गरिन्छ ।
सुदूरपश्चिममा ‘मरुला भनेर बिशु खानु, बाँचे भने ओल्के खानु’ भन्ने भनाइ पनि प्रचलित छ । आजको दिन विवाहित छोरी–चेलीलाई माइती घरमा बोलाई उनीहरुलाई मन पर्ने खानेकुरा खुवाउने र गक्षअनुसारको दान दक्षिणा दिने चलन छ ।
साथै देउडा र पिङ खेलेर रमाइलो पनि गरिन्छ । पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।
तपाईको प्रतिक्रिया