तिलोत्तमा २०७९ साउन ३०
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रुपन्देही समितिले आयोजना गरेको २३ औं स्थापना दिवसको अवसरमा देवपाटा स्मृति पत्रकारिता पुरस्कार वितरण मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रिय परिषद सदस्य लोकनेश ढेङ्गा मगर पुरस्कृत भएका छन।
विगत लामो समय देखी नयाँ राज्य सप्ताहिक, जनसर्घष दैनिक , नयाँ भावना दैनिक , नव तिलोत्तमा दैनिक पत्रीकामा निष्पक्ष तरिकाले २५ वर्ष देखी कलम चलाउदै आएका लोकनेश ढेङ्गा मगरलाई फोनिज रुपन्देहीले सम्मान गरेको हो । जसमा ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मा २ कार्यकाल अध्यक्षको रुपमा काम गर्नुभएको र रेडियो लुम्बिनीमा गुरुङ भाषाको समाचार पढ्ने र केही वर्ष देखि देवदह साप्ताहिक मा निष्पक्ष तरिकाले कलम चलाउदै आईरहनु भएका भिम गुरुङ समेत सम्मानित हुनुभएको थियो ।
बुटवलको योगिकोटीमा सम्पन्न उक्त कार्यक्रमको अवसर पारेर फोनिज रुपन्देहीले २३ औं स्थापना दिवस,फोनिज डाइरेक्टरी विमोचन, देवपाटा पत्रकारिता पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरिएको थियो ।
तपाईको प्रतिक्रिया