00:00:00
स्थानिय

अवरुद्ध नारायणगढ मुग्लिन सडक खुल्यो

बुधबार श्रावण १८, २०७९/ Wednesday 08-03-22

श्रावण १८, चितवन 
गए रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक सफा गरेसँगै सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका २९ मौरीखोला पुलमा मंगलबार राति पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो ।

मौरीपुलको पहिरो सफा गरेपछि बुधबार बिहान सवा नौ बजेबाट दुईतर्फी नै सवारी चल्न सुरू भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् ।

मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो । २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो सफा गरेर गाडी खुलेका थिए । राति गएको पहिरो सोमबारको भन्दा आधा भएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले बताए । बाटोमा सोमबार रातिदेखि कै गाडीहरू अलपत्र छन् ।

तपाईको प्रतिक्रिया