00:00:00
राष्ट्रिय

कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ को भर्ना खुलाउन परीक्षा बोर्डको ध्यानाकर्षण

बुधबार श्रावण १८, २०७९/ Wednesday 08-03-22

साउन १८, काठमाण्डौ 
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि विद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले शैक्षिक सत्र २०७९÷०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा क्याम्पसले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखेकोमा सूचना निकालेर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले छोटो समयको म्याद राखेर भर्ना खुलाउँदा दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासो आएको जनाएको छ । भर्ना खुलाउँदा कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी साउन मसान्तसम्मको व्यवस्था मिलाउन पनि विद्यालय तथा क्याम्पसलाई  बोर्डले अनुरोध गरेको छ ।

साथै सबै पालिकाबाट त्यसैअनुसार समन्वय र सहजीकरण गर्न समेत सूचित गरेको छ । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल गएको साउन ११ गते प्रकाशित भएको थियो ।

तपाईको प्रतिक्रिया