00:00:00
स्थानिय

मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

बुधबार श्रावण १८, २०७९/ Wednesday 08-03-22

श्रावण १८, चितवन 
नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ मौरीखोला पुलमा मंगलबार राति फेरि पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ ।


 जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार गए राति साढे दुई बजेतिर पहिरो खस्दा भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति पुगेको छ ।

पहिरो हटाएर गएराति साढे १० बजेतिर सडक खुलाए पनि फेरि २ बजेपछि पहाडको  ढिस्कोसहित पहिरो झरेको डीएसपी अधिकारीले जानकारी दिनुभयो । राति साढे १० बजेदेखि २ बजेसम्म गाडी चले पनि फेरि पहिरो खस्दा ठप्प भएको छ । बाटोमा सोमबार रातिदेखि कै गाडीहरू अलपत्र छन् ।

तपाईको प्रतिक्रिया