स्थानिय
रुपन्देहीका तीर्थयात्री सवार जीप प्यूठानमा दुर्घटना ः एक महिलाको मृत्यु, १४ घाइते
शनिबार श्रावण १४, २०७९/ Saturday 07-30-22
साउन १४, प्यूठान
प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा दुर्घटना भएको छ ।
दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया गुडिया ठाकुर रहेको प्रहरीले बताएको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तीर्थयात्रीहरू स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका थिए । घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारपछि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भिङ्ग्रीका अनुसार जिपमा १७ यात्रु सवार थिए ।
तपाईको प्रतिक्रिया