00:00:00
राष्ट्रिय

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक हुने

बुधबार श्रावण ११, २०७९/ Wednesday 07-27-22

साउन ११, काठमाडौं
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

हिजो बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । आज दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने उच्च सम्भावना रहेको बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले बताउनुभयो । यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका छन् । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । 
एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाईटबाट तथा एसमएमएस र आईभीआरबाट पनि विद्यार्थीले नतिजा हेर्न सक्नेछन् । नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा www.see.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिने सकिने बोर्डले जनाएको छ ।  

तपाईको प्रतिक्रिया