00:00:00
खेलकुद

एन्फाको कार्यसमिति बैठक भोली बस्ने

बुधबार श्रावण ४, २०७९/ Wednesday 07-20-22

साउन ४, काठमाडौं 
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति बैठक भोली बिहीबार बस्ने भएको छ । एन्फाले हिजो सूचना जारी गर्दै बैठक भोली बस्ने जनाएको हो ।

बैठक ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान ७ बजे सुरु हुने एन्फाले जनाएको छ । यस अघि तय गरिएको बैठक एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङको स्वास्थ्यमा समस्या देखा परेपछि स्थगित गरिएको थियो ।

एन्फा अध्यक्ष नेम्वाङको मुटुमा समस्या देखिएपछि मेडिसिटी अस्पलातमा भर्ना गरिएको थियो । एन्फाले कार्यसमिति बैठकका लागि संस्थापन पक्षले १२ वटा एजेन्डा तय गरेको छ । त्यसमा उपाध्यक्ष दिर्घकुमार केसीले पाँच एजेन्डा थप्न माग गर्नुभएको छ् । जसमा सस्थापन पक्ष समहत भएको बताइएको छ ।

एन्फा कार्यसमिति बैठकमा विभिन्न पदाधिकारी नियुक्तीको मुद्दा पेचिलो बन्ने भएको छ । पदाधिकारीमा विशेष गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापालाई नियुक्त गर्ने विषयमा थापा पक्ष र नेम्वाङ पक्ष बीच विवाद छ ।

त्यसबाहेक महिला साफ च्याम्पियनसिप आयोजनाको तयारी, विवादित नेपाल सुपर लिग (एनएसएल), लगायतका विषयमा छलफल हुनेछन् ।
 

तपाईको प्रतिक्रिया